प्रहरी महानिरीक्षक खनाल चिली प्रस्थान,कार्यबाहक प्रहरी प्रमुखको जिम्मेवारी कार्कीलाई


काठमाडौं-प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल चिली प्रस्थान गरेका छन् चिलीको सान्टियागोमा असोज २८ देखि कात्तिक १ गतेसम्म संचालन हुने इन्टरपोलको ८८औं महासभामा सहभागी हुन खनाल आइतबार राति त्यसतर्फ प्रस्थान गरेका हुन्

एनसीबीका नेपालका प्रमुख समेत रहनुभएका प्रहरी महानिरीक्षक खनालसंग उक्त महासभामा सहभागी हुन प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक निरज बहादुर शाही र प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी समेत त्यसतर्फ प्रस्थान गरेका छन्

प्रहरी महानिरीक्षक खनालको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा शुभकामना सहित विदाई गरेका थिए

१९४ इन्टरपोल सदस्य राष्ट्रका हेड अफ द एनसीबी हरु महासभामा सहभागी हुनेछन् प्रहरी महानिरीक्षक खनालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन्

प्रतिक्रिया दिनुहोस
Advertisement