काठमाण्डु-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल अगाडि

काठमाण्डु-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल अगाडि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  काठमाण्डु निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायमै राखेका छन् ।

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधीसभाका उम्मेदवार खनालले दुई हजार आठ सय ४८ मत प्राप्त गरी अग्रता लिएका निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिए।

कूल आठ हजार ५९ मतगणना हुँदा दोस्रो मत नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले प्राप्त गरेका छन् । उनले एक हजार आठ सय ७७ र नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले एक हजार आठसय ४८ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत खनालले बताए । उक्त मतगणना गर्दा तीन सय ३१ मत बदर भएको छ ।

काठमाण्डु क्षेत्र नं ६ मा प्रतिनिधिसभामा २४ उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १३ जना विभिन्न राजनीतिक दल र ११ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतकको कार्यालयले जनाएको छ ।