के छ खनाल–नेपाल समूहका सांसदले बुझाएको पाँचबुँदे मागपत्रमा (पूर्णपाठ)

के छ खनाल–नेपाल समूहका सांसदले बुझाएको पाँचबुँदे मागपत्रमा (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल समूहका सांसदहरुले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँचबुँदे मागपत्र बुझाएका छन् ।

शनिबार बालुवाटारमा एमाले संसदीय दलको बैठक बसिरहेका बेला पुगेका नेपाल–खनाल समूहका तीन सांसदले पाँचबुँदे मागपत्र बुझाएका हुन् । संस्थापक समूहले आज बालुवाटारमा राखेको बैठक खनाल–नेपाल समूहले बहिस्कार गरेको थियो ।

नेपाल समूहका सांसदहरु सोम पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठ बैठकमा मागपत्र लिएर पुगेको सांसद महेश बस्नेतले जानकारी दिए । बैठक तथा निर्णय विधान र विधिसम्मत हुनुपर्ने उनीहरुको माग छ ।