बालकृष्ण खाँणलाई रिहा गराउन यत्रो ‘पावर’ ! खुलेरै मैदानमा उत्रिए यी परिचित अनुहार


काठमाण्डु सर्वाधिक चर्चाको काण्ड बनेको नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृण खाँणलाई पुर्पक्षका लागि थुनामा पठाउने कि रिहा- गर्ने भन्ने विषयमा आज आइतबारदेखि जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु हुँदैछ । मुद्दाको पुर्पक्ष गर्दा खाँणलाई रिहा गर्नुपर्ने वकालत गर्दै पूर्व महान्यायाधिवक्ताहरू नै बहसको मैदानमा उत्रिएका छन् ।

पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादवले खाँणको पक्षमा बहस गर्दैछन् । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्तामा खातीलाई नियुक्त गरेका थिए । नेपाल बार एशोसिएशनका वर्तमान र पूर्व अध्यक्षले पनि खाँणको पक्षमा बहस गर्ने भएका छन् । बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्व अध्यक्ष शेरबहादुर केसी र प्रमेबहादुर खड्काले खाँणलाई रिहा गर्नुपर्ने तर्क राख्दै बहस गर्दैछन् ।

खाँणको पक्षबाट योगेन्द्र अधिकारी, हरिहर दाहालसहित १८ जनाभन्दा बढी अधिवक्ताले बहस गर्ने भएकाले अदालतमा नाम टिपाइएको जनाइएको छ । अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले आरोपी सबैको बयान लिएपछि आईतबार थुनछेक बहस हुँदैछ ।

बहस सुनेपछि न्यायाधीशले पुर्पक्षका लागि थुनामा पठाउने, साधारण तारेखमा रिहा गर्ने वा धरौटीमा रिहा गर्ने आदेश गर्छन् । बहुचर्चित प्रकरणमा मुछिएका खाँणलाई रिहा गर्न नेपाली कांग्रेसले आफू निकट अधिवक्तालाई खुलेआम मैदानमा उतारेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement