काठमाण्डु –नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्माले नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले गृहमन्त्री हुँदा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई छुटाएको दावी गरेका छन् ।
सामाजिक संजाल टिकटकमार्फत एउटा भिडियो सार्वजनिक गर्दै शर्माले पूर्व गृहमन्त्री खांडले राजनीतिक दबाबमा दुई जना विचौलियालाई छुटाएको दावी गरेका हुन् ।
शर्माले खांडकै पालामा उजुरी पर्न थालेको दावी गर्दै राजनीतिक दबाबमा उनिहरुले उन्मुक्ति पाएको बताए ।
प्रहरीको तत्कालिन समयमा उपत्यका हेर्ने प्रमुख समेत रहेका शर्माले पूर्वगृहमन्त्री रामबहादुर थापा (बादल) का छोरा प्रतीक थापा र पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दिपेश पुन समेत यो प्रकरणमा संलग्न भएको दावी गरेका छन् ।
उनले पुन र थापाकै अगुवाईमा झापा, मोरङ, प्युठान, दाङ र गोरखाबाट क्षेत्रबाट आर्थिक हैसियत भएका नक्कली भुटानी शरणार्थी खोजिएको र उनिहरुबाट रकम असुल गरिएको बताएका छन् ।




प्रतिक्रिया