खानेपानीमन्त्री यादव र सचिव ई. बज्राचार्यबीच कार्यसम्पादन सम्झौता

खानेपानीमन्त्री यादव र सचिव ई. बज्राचार्यबीच कार्यसम्पादन सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – खानेपानीमन्त्री प्रदीप यादव र सचिव ई. प्रमिलादेवी शाक्य बज्राचार्यबीच मंगलबार आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता आदानप्रदान गएको छ ।

मन्त्रालयको सभाहलमा मन्त्री यादवसँग चालू आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव ई. बज्राचार्यले कार्यसम्पादन सम्झौता आदानप्रदान गरेकी हुन् ।

मन्त्री यादवले आर्थिक वर्ष २०८२/८३ मा गरिने कार्यसम्पादनलाई छिटो र प्रभावकारी बनाउन र सम्झौताको इमान्दारीपूर्वक पालना गर्न निर्देशन समेत दिए ।

नेपाल सरकारको नीति तथा कार्यक्रम, बजेट वक्तव्यमा उल्लेख गरिएका खानेपानी मन्त्रालय अन्तर्गतका कार्यक्रमहरू निर्धारित समय, लागत र गुणस्तर अनुसार कार्यान्वयन गर्ने मंगलबार गरिएको सम्झौताको मूल उद्देश्य रहेको मन्त्री यादवले बताए ।

उनले भने, ‘तीनै तहका सरकारहरूको क्षमता अभिवृद्धि गर्दै शहरी तथा ग्रामीण क्षेत्रमा सुरक्षित खानेपानी तथा सरसफाइ सेवा विस्तार गर्न, फोहोर पानीको संकलन, प्रशोधन तथा व्यवस्थापनमा विशेष ध्यान दिइनेछ । हाम्रो लक्ष्य विक्रम संवत् २१०० सम्म सबै नेपालीलाई सुरक्षित पानी र सरसफाइ सेवा उपलब्ध गराउनु हो ।’

मन्त्री यादवले अघिल्लो आर्थिक वर्षमा भएका कमजोरी नदोहोर्‍याउन सचेत गराउँदै चालू आर्थिक वर्षमा मन्त्रालयका काम प्रभाकावारी बनाउने गरी लाग्न सचिव, सहसचिवसहित सबै विभागीय प्रमुखहरूलाई निर्देशन दिए ।

सचिव ई. बज्रचार्यले चालू आर्थिक वर्षमा कार्य लक्ष्य हासिल गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री यादवले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।