काठमाण्डु – खानेपानी मन्त्रालयले ७ जना सहसचिवको सरुवा गरेको छ ।
मन्त्री महिन्द्रराय यादवले मन्त्रीस्तरीय निर्णय गर्दै खानेपानी विभागका महानिर्देशकसँगै ७ जना सहसचिवको सरुवा गरेका छन् ।
खानेपाली विभागका महानिर्देशक रमाकान्त दुवाडीको विराटनगरस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा सरुवा गरिएको छ भने विभागको महानिर्देशकको जिम्मेवारीमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलाई दिइएको छ ।
मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशकको जिम्मेवारी संघीय मामिला खानेपानी आयोजना विराटनगरका प्रमुख सुरत बमलाई दिइएको छ ।
सहसचिव बालमुकुन्द श्रेष्ठलाई संघीय आयोजना सुर्खेत, रामचन्द्र काफ्लेलाई बुटवल तथा प्रज्जव प्रजापतिलाई हेटौंडा र जक्की अहमदलाई जनकपुर सरुवा गरिएको छ ।




प्रतिक्रिया