काठमाण्डु–थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिए ।
मंगलवार थापाथली क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको थियो । पाइप फुटेपछि सडक नै अवरुद्ध भएको थियो ।




प्रतिक्रिया