मेघालयको कोइलाखानीमा विस्फोट हुँदा १८ मजदुरको मृत्यु, दुई नेपाली पनि मारिए

मेघालयको कोइलाखानीमा विस्फोट हुँदा १८ मजदुरको मृत्यु, दुई नेपाली पनि मारिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको मेघालय राज्यको अवैध कोइलाखानीमा भएको विस्फोटमा १८ मजदुरको मृत्यु भएको छ,् । मृत्यु हुनेमा दुई नेपाली पनि छन् ।

स्थानीय प्रहरीक अनुसार मृत्यु हुनेमा दुई जना दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ ।

मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीभञ्ज्याङ २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा बराहपोखरीस्थित भञ्ज्याङका बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन् ।

खानीभित्र अझै केही मजदुर फसेको आशंका गरिएको छ र उद्धार कार्य कठिन अवस्थामा जारी छ। राज्य सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ भने अवैध खानी सञ्चालनमा संलग्नहरूमाथि कडा कारबाही हुने चेतावनी दिएको छ।

मेघालयमा सर्वोच्च अदालतले र्‍याट–होल खानी प्रणाली प्रतिबन्ध लगाए पनि दुर्गम क्षेत्रमा अवैध रूपमा खानी सञ्चालन हुने क्रम रोकिएको छैन। यसअघि पनि यस्ता खानी दुर्घटनामा कैयौँ मजदुरको ज्यान गएको छ।

घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। केन्द्र तथा मेघालय सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने घोषणा गरेका छन्।

राज्य सरकारले घटनाको छानबिन गर्न आदेश दिएको छ। अवैध खानी सञ्चालनमा संलग्न व्यक्तिहरूविरुद्ध कडा कारबाही गरिने चेतावनी दिइएको छ। उद्धार कार्य नसकिँदासम्म घटनास्थलमा सुरक्षा सतर्कता बढाइएको प्रशासनले जनाएको छ ।