खानेपानी मन्त्रीसँगको टकराबपछि सचिव ठाकुरको सरुवा

खानेपानी मन्त्रीसँगको टकराबपछि सचिव ठाकुरको सरुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–खानेपानी सचिव गजेन्द्रकुमार ठाकुरको सुरुवा भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ठाकुरलाई सरुवा गरेर जगेडामा राखेको स्रोतले जनाएको छ।

मेलम्ची खानेपानी आयोजना सम्बन्धि विषयमा खानेपानी मन्त्री बिना मगरसँग सोमबार चर्काचर्की नै परेपछि उनको सरुवा भएको हो। स्रोतका अनुसार मन्त्री मगर एकतर्फी ठेक्का तोडेर गएको (तर पछि सरकारले समेत ठेक्का रद्द गरिसकेको) सीएमसीलाई फर्काउने पक्षमा भएपनि ठाकुरले त्यसमा असहमति जनाउँदै आएका थिए।

मन्त्री मगरले कानुन विपरित ३६० करोड सिएमसीलाई दिएर पुनः बाँकी काम उसैलाई जिम्मा लगाउनु अडान लिएको सचिव ठाकुरको दाबी छ। सचिव ठाकुरले मन्त्री मगरले आफूलाई सिएसमीलाई नै बाँकी काम दिन मौखिक आदेश दिएको र आफूले लिखित रुपमा निर्देशन दिन भनेपछि सरुवा गरेको बताए ।

‘सिएमसीसँगको ठेक्का सम्झौता रद्द भइसकेको अवस्थामा पनि मन्त्रीज्यूले बाँकी काम उसैलाई दिनुपर्ने अडान लिनुभएको छ,’ उनले भने, ‘कानून विपरीत सिएमसीलाई ३६० करोड रकम दिएर पुनः काममा फिर्ता ल्याउन भन्नु भएको थियो मैले मानिन्, मेरो सरुवा भयो ।’

मेलम्चीको बाँकी काम सिएमसीलाई नै दिनुपर्ने भन्दै मन्त्री मगरले सबै काम ठप्प पारेको उनको भनाइ छ । उनी गरिरहेको काम बीचैमा छाडेर भाग्ने भगुवालाई राज्यको ढुकुटीबाट ३६० करोड दिएर पुनः उसैलाई काम सुम्पन आफ्नो नैतिकताले नदिएको बताउँछन् ।