काठमाण्डु– खरबुजामा पानीको मात्रा अत्यधिक हुन्छ । गर्मीमा झोलिलो पदार्थ सेवन गर्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ । गर्मीमा यसको सेवनले पानीको कमी हुन दिदैँन भने शरीरलाई ठण्डा राख्न मद्दत गर्छ ।
यो डिहाइड्रेसनबाट बच्ने सस्तो उपाय हो, यसले आँखाको ज्योति पनि बढाउँछ । खरबुजामा पाइने पोषक तत्व जस्तै फाइबर, एन्टिअक्सिडेन्ट जस्तै बीटा क्यारोटिन, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, सी, पोटासियम, फोलेट आदि पाइन्छ, जसले स्वास्थ्यलाई धेरै फाइदा पुर्याउँछ ।
खरबुजामा बीटी क्यारोटिन, भिटामिन सी जस्ता धेरै प्रकारका एन्टिअक्सिडेन्टहरू हुन्छन्, जसले शरीरलाई अक्सिडेटिभ तनावबाट बचाउने काम गर्छ। यसले दीर्घकालीन रोगहरूको जोखिमलाई पनि धेरै हदसम्म कम गर्छ।
यस्ता छन् खरबुजा खानुका फाइदाहरू
१. खरबुजाले प्रोटेस्ट क्यान्सर, ब्रेस्ट क्यान्सर लगायत पेटको क्यान्सरका लागि फाइदाजनक हुन्छ ।
२. यसमा क्यालोरीको मात्रा निक्कै कम हुने हुँदा शारीरिक तौललाई घटाउनमा सहयोग गर्छ ।
३. खरबुजा खानाले शारीरिक फाइदा पुर्याउनुका साथै छालामा चमक ल्याउँछ । खरबुजा अनुहारमा लगाउनाले चमक आउँछ।
४. खरबुजा खानाले किड्नीको रोगीका लागि पनि भरपुर रुपमा फाइदा हुन्छ । खरबुजामा अत्यधिक पानी हुन्छ र यसले मृगौलालाई डिटक्स गर्न मद्दत गर्छ ।
५. भिटामिन सी र ए प्रचुर मात्रामा भएको खरबुजाले प्रतिरोधी क्षमता बलियो बनाउँछ । यो आँखाका लागि पनि निकै फाइदाजनक मानिन्छ ।
६. खरबुजा चिसो फल भएकाले पेट मात्र नभइ दिमाग पनि शान्त रहन्छ । यसको बियाँलाई पिसेर निधारमा लगाउँदा टाउको दुखेको पनि कम हुन्छ ।
७. खरबुजाको नियमित सेवन गर्दा हृदयाघात, उच्च रक्तचाप र कोलेस्ट्रोल जस्ता रोग बढ्ने जोखिम कम हुन्छ।
८. नियमित रूपमा खरबुजाको सेवन गर्दा छालामा भएको रुखोपनाको समस्या हराएर जान्छ ।
९. दैनिक मात्रामा खरबुजा खाँदा शौचलाई नियमित बनाउँछ।
१०. खरबुजामा भएको रसायनले मांसपेशीमा हुने दुखाई कम गर्न निकै मद्दत गर्छ।
यस्तै, दम र एलर्जीको समस्या भएका व्यक्तिले खरबुजा खानु हुँदैन भने भात वा दही खाने बित्तिकै खरबुजा खानु हुँदैन । खाली पेटमा र राती सुत्ने बेलामा खरबुजा खानु हुँदैन ।
प्रतिक्रिया