उम्मेदवारको खर्च सीमा तोकियो, कहाँका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

उम्मेदवारको खर्च सीमा तोकियो, कहाँका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारको खर्च सीमा तोकेको छ।

निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो ।

जसअनुसार विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा प्रत्यक्ष लड्ने उम्मेदवारले अधिकतम कति पैसा खर्च गर्न पाउँछन् भन्ने निर्धारण गरिएको छ।

आयोगका अनुसार काठमाण्डुका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख खर्च गर्न पाउनेछन् । त्यसमा काठमाण्डु क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन् ।

यस्तै काठमाण्डु २, ४, ५, ९ र १० का उम्मेदवारले अधिकतम २७ लाख रूपैयाँ खर्च गर्न पाउनेछन्। भक्तपुर र ललितपुरका उम्मेदवारले पनि २७ लाख नै खर्च गर्न पाउनेछन्।

झापा १ र ४, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट लगायतका जिल्लामा उठ्ने उम्मेदवारले २९ लाख खर्च गर्न सक्नेछन्।

झापा २,३,५ का उम्मेदवारले भने अधिकतम ३१ लाख खर्च गर्न पाउनेछन्।

यस्त ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख बराबर खर्च गर्न पाउनेछन् ।

आयोगका अनुसार ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख बराबरको खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरिएको

४१ लाख खर्च गर्न सक्नेमा इलाम, धनकुटा, मोरङ, सुनसरी, ओखलढुंगा, सिन्धुली, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, चितवन, कास्की लगायत विभिन्न जिल्लाका छन्।

त्यस्तै ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, अर्घाखाँची, रोल्पा, प्यूठान, दाङ, बर्दिया, सल्यान, डोल्पा, जाजरकोट, बझाङ, डोटी, बैतडीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारले भने अधिकतम ३३ लाख खर्च गर्न पाउनेछन्।

निर्वाचन सकिएको ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्नेछ।