काठमडौं – विभिन्न देशबाट आएका ६२ जना नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा लगिएको छ । जसमा ४ जना महिला र एक ७६ वर्षीया वृद्ध पनि रहेकी छन् ।
सरकारले लगाएको अस्थायी प्रतिबन्धलाई उल्लंघन गर्दै उनीहरु आज नेपाल आएको हुन् । शनिबार जापान, मलेसियालगायत मुलुकमा रहेका नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरका थिए ।
आफूखुसी नेपाल आएका उनीहरुले १४ दिन क्वारेन्टाइनमा बस्ने आफैले नै खर्च व्यहोर्नुपर्ने छ । बुधबार सरकारले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिकलाई चैत ७ गतेदेखि वैशाख ३ गतेसम्मका लागि आगमनमा प्रतिबन्ध लगाएको थियो ।
खाना खर्च सरकारले नबेहोर्ने
सरकारले क्वारेन्टाइनमा बस्नेहरुको खाना खर्च नव्यहोर्ने भएको छ ।
अध्यागमन विभागका निर्देशक ईश्वरराज पौडेलले खानाको सप्लाइ त्यहाँ खटिएका कर्मचारीले गरिदिने र त्यसको खर्च क्वारेन्टाइनमा बस्ने आफैंले व्यहोर्नुपर्ने बताए ।
नेपाली सेनाका अनुसार ६३ जनालाई नै बेलुकाको खाना विद्युत प्राधिकरणको क्यान्टिनमा व्यवस्था गरिएको छ ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार उनीहरूलाई नेपाली सेनाको बसमा साँझ क्वारेन्टाइनस्थल पुर्याइएको थियो ।




प्रतिक्रिया