अर्थमन्त्री खतिवडाले सम्हाले सञ्चार मन्त्रालयको जिम्मेवारी

अर्थमन्त्री खतिवडाले सम्हाले सञ्चार मन्त्रालयको जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनले आइतबार मन्त्रालयमा पुगी संचार मन्त्रालयको पदभार ग्रहण गरेका हुन् ।

७० कुरोडको कमिसन डिल अडियो प्रकारणमा सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजिनामा दिएपछि रिक्त रहेको उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले डा. खतिवडालाई तोकेकी हुन् ।