अर्थमन्त्रीमा डा.खतिवडा पुनः नियुक्त, ४ बजे सपथ

अर्थमन्त्रीमा डा.खतिवडा पुनः नियुक्त, ४ बजे सपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्रीमा डा.युवराज खतिवडा पुनः नियुक्त भएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले डा. खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् ।

खतिवडाले आजै अपरान्ह ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथग्रहण गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रियसभाको आफ्नो कार्यकाल सकिएलगत्तै खतिवडाले मंगलबार साँझ अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

६ महिनाभित्र उनी संघीय संसद अन्तरगतको प्रतिनिधी सभा तथा राष्ट्रिय सभामध्ये कुनै एकमा सांसद नबने उनको पद स्वतः समाप्त हुनेछ ।

खतिवडाको राजीनामा स्वीकृत गरेर दुवै मन्त्रालय प्रधानमन्त्री ओली आफैले सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यभार तोकेकी थिइन् ।