कोरोना भाइरसबारे सबै डाक्टर नबनौं, स्थिति भयावह हुनसक्छः प्रवक्ता खतिवडा

कोरोना भाइरसबारे सबै डाक्टर नबनौं, स्थिति भयावह हुनसक्छः प्रवक्ता खतिवडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले भारतसँग छलफल गरेर भन्सारविन्दुमा आएको औषधि छुटाउने र भारत सरकारसँग कूटनीति पहलमार्फत अत्यावश्वक औषधिको अभाव हुन नदिन पहल गर्ने जानकारी दिएका छन् ।

कोरोना रोकथाम समन्वयन समितिको मंगलबार बसेको बैंठकले भारतले निर्यातमा प्रतिबन्ध लगाएको औषधिको विषयमा कूटनीतिक पहल गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

बैंठकमा बजारको आपुर्ति ब्यवस्था, अत्यावश्यक बस्तुको स्टक, खाद्यान्न स्टक पुग्छ, औषधि र पेट्रोलीयम पार्थको अवस्था लगायको विषयमा छलफल भएको उनले बताए ।

निजी क्षेत्रबाट माक्सको उत्पादन बढ्दै गएको र त्यसलाई अझै बढाउन विषययमा छलफल भएको भन्दै अब बजारमा माक्स अभाव नहुने दाबी समेत उनले गरे । यस्तै बढी जोखिममा बस्नु पर्नेलाई सोहि अनुसारको माक्स लगाउन स्वास्थ्य मन्त्रालयले सुसुचित गर्ने निर्णय समेत बैठकले गरेको छ ।

औषधि आवाश्यक मात्रै खरिद गर्न र ग्याँसको सिलिन्डर घरभरी जम्मा नगर्न समेत उनले आग्रह गरे । उनले दक्षिणबाट आउने व्यापारमा कुनै अवरोध नभएको भन्दै भारतले प्रतिबन्ध लगाएको केही औषधिको आयातमा भन्दा अन्य कुनै समस्या नरहेको उनले बताए । औषधीजन्य बस्तु, औद्योगिक कच्चा पदार्थ, र पेट्रोलियम पदार्थको आयातमा कुनै समस्या नरहेकोले अनावश्यक संचित नगर्न उनले आग्रह गरे ।

चीनतर्फ संक्रमण घट्दै गएकोले तातोपानी र रसुवागढी नाकामा रोकीएको वस्तुको चेकजाँच गरेर राम्रो अवस्थामा छन् भने जोखिमरहीत अवास्थामा व्यापारलाई सहज गर्नुपर्ने विषयमा पनि छलफल भएको छ । यस विषयमा सरकारका विभिन्न मन्त्रालय बसेर थप छलफल गरेर उपयुक्त निर्णय गर्ने उनले बताए ।

बैंठकले बजार अनुगमनमा सक्रिया हुने र कृत्रिम अभाव सिर्जना गराउनेलाई सामाजिक अपराधको रुपमा लिने निर्णय भएको बताए ।

उनले भने, ‘हामी सबै डाक्टर नबनौं, सबै जान्ने बन्दा स्थिति भयावह हुनसक्छ ।’ समितिले गरेको छलफको आधारमा सरकारले चाँडै सबै राजनीतिक दलसँग छलफल गर्ने निर्णय गरेको उनले बताए ।

५ देखि ६ महिनालाई पुग्ने औषधि, खाद्यान्न ६ महिना र पेट्रोलियम ३ महिनाको लागि स्टक रहेको भन्दै उनले कसैलाई पनि अनावशयक स्टक नगर्न अपिल गरे ।