काठमाण्डु– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले विदेश घुम्ने कार्यक्रममा भाग नदिइएको भन्दै पार्टी केन्द्रीय समिति बैठकमा गुनासो गरेका छन् ।
बैठकमा मन्त्रालयगत विवरण पेश गर्ने क्रममा उनले सबै मन्त्रालयलाई भाग दिइएको तर खेलकुद मन्त्रालयलाई नदिइएको भन्दै गुनासो गरेका हुन् । साथै, उनले पार्टीभित्र युवाको परिचालन चाहिनेजति गर्न नसकिएको बताए ।
‘सरकारसँग खेलाडी, युवा लक्षित कार्यक्रम छन्। विदेश घुम्ने कार्यक्रम छन् । तर, सबै ठाउँमा भागबन्डा हुने खेलकुदमा किन भागबन्डा भएन रु’ प्रश्न गर्दै उनले भने ।
साथै, उनले राष्ट्रिय खेलकुद परिषद्, युवा परिषद्, नेपाल स्काउटमा जस्ता ठाउँमा कार्यकारी माओवादी हुँदा काम गर्न अप्ठ्यारो भएको बताए । सदस्यसचिव एक्लैले कार्यसमिति बनाइरहेको उनले बताए ।
प्रतिक्रिया