कोरोना सम्बन्धी भ्रम फैलाउने क्रिस्चियन धर्मगुरु पोखराबाट पक्राउ


पोखरा – कोरोना भाइरस (कोभिड–१९)सम्बन्धी भ्रम फैलाउने क्रिस्चियन धर्मगुरु केशवराज आचार्य पक्राउ परेका छन् । प्रभु यशुलाई प्रार्थना गरे कोरोना भाइरसले नछुने भन्दै आचार्यले भ्रम फैलाएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्ने आचार्यलाई सोमबार साँझ कास्की प्रहरीले पक्रेर हिरासतमा राखेको छ ।

यशुका अनुयायीलाई कोरोना भाइरसले छुनै सक्दैन भन्दै आचार्यले प्रवचन दिएका थिए । उनको प्रवचनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

यसअघिदेखि नै उनले नेपालको कानुन विपरीत क्रिश्चियन धर्म फैलाउने काम गर्दै आएका थिए ।‘विपदको बेलामा सहयोग गर्नुको साटो अफवाह फैलाएर असहयोग गरे’, डीएसपी केसीले अन्नपूर्ण्सित भने, ‘उनीविरुद्ध अफवाह फैलाएको मुद्दा चलाउँछौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement