सुकुम्बासी मारिदाँ पनि कुन नैतिकताका आधारमा गृहमन्त्री कुर्सीमा बस्नुहुन्छ : एमाले

सुकुम्बासी मारिदाँ पनि कुन नैतिकताका आधारमा गृहमन्त्री कुर्सीमा बस्नुहुन्छ : एमाले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले रूपन्देहीको मोतिपुरमा सुकुम्बासी मारिएको घटनाको विषयमा सरकारको जवाफ मागेको छ ।

सोमबार राष्ट्रियसभा बैठकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले मोतीपुरमा सुकुम्बासी मारिएको घटनाको जवाफ मागेका हुन् ।  उनले आफ्नै जिल्लामा सुकुम्बासी मारिँदा गृहमन्त्री बालकृष्ण खाँण मुकदर्शक बनेको समेत आरोप लगाए ।

भट्टराईले भने, ‘आज अरुका लागि दशैँ आएको छ, सुकुम्बासीका लागि दशा आयो । त्यही जिल्लाका गृहमन्त्री हुनुहुन्छ, उहाँले के सोचिरहनुभएको छ ? कुन नैतिकताका आधारमा उहाँ कुर्सीमा बसिरहनुभएको छ ? मलाई उदेक लाग्छ ।’
आइतबार बुटवल उपमहानगरपालिकाको मोतीपुर क्षेत्रमा सुकुम्बासीमाथि प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो । झडपमा परी ३१ जना सुरक्षाकर्मी घाइते भएका छन् ।  

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले नेपाल प्रहरीका १६ र सशस्त्र प्रहरीका १५ जना गरी ३१ जना घाइते भएको जानकारी दिए । आइतबार अपरान्ह प्रहरीलाई लक्षित गरी प्रदर्शनकारीले ढुंगामुढासँगै पेट्रोल बम प्रहार गरेपछि गोली चलाउनु परेको प्रजिअ तिवारीले बताए । प्रहरीले गोली चलाएपछि झन स्थानीय आक्रोशित बनेका थिए ।