काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रियसभाका मुख्य सचेतक खिमलाल भट्टराईले गोकर्ण रिसोर्ट र दरबारमार्गको जग्गा भाडामा दिने निर्णयबारे सदनलाई यथार्थ जानकारी दिन सरकारसँग माग गरेका छन् ।
सोमबार राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले जग्गा भाडामा दिने निर्णयबारे र्चातर्फी विरोध र आलोचना भइसकेपछि सरकारले स्पष्ट पार्न ध्यानाकर्षण गराए । उनले भने, ‘सरकारको तर्फबाट यी विषयमा सदनलाई जानकारी गराइयोस् ।’
सरकारले हालै मात्र ६ वर्ष अवधि हुँदै गोकर्ण रिसोर्ट भएको जग्गा यती समूहलाई दिने सम्झौताको म्याद थप गरेको थियो। पुरानो सम्झौताको अवधि ६ वर्ष बाँकी हुँदा नै नेपाल टष्ट्रको कानून संशोधन गरेर यो निर्णय भएको हो ।
यस्तै नेपाल ट्रष्टमातहत रहेको दरबारमार्गको जग्गा पनि धेरै सस्तोमा यती समूहलाई नै दिएको भन्दै सरकारको आलोचना भइरहेको छ ।




प्रतिक्रिया