खिमलाललाई विजयी गराउन माओवादी केन्द्रको ह्वीप, बादल प्रतिगमनको मतियार भएको आरोप


काठमाण्डु – बागमती प्रदेश माओवादी केन्द्रले राष्ट्रिसभाका उम्मेद्वार डा. खिमलाल देवकोटालाई विजयी गराउन ह्वीप जारी गरेको छ ।

सोमबार माओवादी केन्द्रका वागमती प्रदेश सहइन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल, र संसदीय दलका नेता शालिकराम जमकट्टेलले संयुक्त विज्ञप्ति जारी गर्दै देवकोटालाई मत हाल्न ह्वीप जारी गरेका हुन् ।

विज्ञप्तिमा संघीयता, गणतन्त्रका उपलब्धिहरुलाई नीतिगत ढंगले सुदृढ गर्ने स्थान राष्ट्रियसभामा यस विषयका विज्ञ, ज्ञाता र सक्षम व्यक्तित्व डा. देवकोटालाई विजय गराउन संघीयता पक्षधरहरुको दायित्व हुने बताइएको छ ।

‘त्यसैले वागमती प्रदेश सभाका सबै माननीय सदस्यहरु, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका सबै आदरणीय प्रमुखरअध्यक्ष र उप/प्रमुख/उपाध्यक्षलाई कलम चुनाव चिन्हमा मतदान गरी डा. खिमलाल देवकोटालाई विजयी गराउन हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) वागमती प्रदेश समिति हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा गृहमन्त्री रामबहादुर थापा बादलले पार्टीको विधि, विधान र अनुशासन नमानी प्रतिगमनकारी तत्वको मतियार भई संविधान र संघीयता विरोधी काममा लागेको आरोप लगाइएको छ ।  बागमती प्रदेशको उपनिर्वाचनमा नेकपा एमालेबाट रामबहादुर थापा बादल र वाम गठबन्धनबाट डा. देवकोटा उम्मेद्वार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement