काठमाण्डु – राष्ट्रियसभा सदस्यमा निर्वाचित डा. खिमलाल देवकोटाले आज शपथ ग्रहण गर्दैछन् ।
दिउँसो १ बजे राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रिय सभाका सदस्यमा निर्वाचित देवकोटालाई शपथ ग्रहण गराउने कार्यक्रम तय भएको हो ।
राष्ट्रिय सभा सदस्य रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि रिक्त रहेको वाग्मती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि यही जेठ ६ गते उपचुनाव भएको थियो ।
कलम चिह्न लिएर स्वतन्त्र रुपमा उम्मेदवारी दिएका देवकोटा निर्वाचित भएका हुन् । उनले एमालेबाट उमेद्वारी दिएका रामबहादुर थापालाई पराजित गरेका हुन् ।
स्वतन्त्र रुपमा उम्मेदवारी दिएका देवकोटालाई माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा एमालेको खनाल–नेपाल समूहले समर्थन गरेको थियो ।




प्रतिक्रिया