काठमाण्डु – राष्ट्रिय सभा सदस्य (सांसद) खिमलाल देवकोटाले सेवाप्रदायक निकायका सबै क्रियाकलाप पारदर्शी बनाउनुपर्ने बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा उनले मन्त्री र सचिवहरुले गुप्त कोठाभित्र गर्ने काम कारबाहीलाई पनि सीसी क्यामेराबाट कोठाबाहिर देखाउनुपर्ने माग गरेका छन् । गुप्त कोठाबाट गरिने कामकारबाहीले शासकहरु अपारदर्शी भएको पनि देवकोटाले टिप्पणी गरे ।
‘एउटा काम यो सरकारले गरोस् । हाम्रै अध्यक्ष, संसद् सचिवालयले पनि लागू गरे हुन्छ । हरेक मन्त्रालयको मन्त्री र सचिवले भित्र गुप्त कोठामा बसेर गरेका कामकारबाहीको बारेमा कोठाबाहिर पनि देखिने गरी सिसी क्यामेरा राखियोस्,’ उनले भने, ‘गुप्त कोठामा बसेर गरेको शासनले अपेक्षित उपलब्धि दिएन । शासकहरू पारदर्शी भएनन् । गुप्त कोठाको अनुहार जनताले देख्न पाउनुपर्छ । पारदर्शी मात्रै भएको भए राष्ट्रपति कार्यालयले रातारात कागजहरू मिलाएर राति २ बजे संसद् विघटन गर्ने हिम्मत गर्ने थिएन ।’




प्रतिक्रिया