काठमाण्डु – वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि संयुक्त गठबन्धनका तर्फबाट डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरेका छन् ।
डा. देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धनका साझा उम्मेदवारका रुपमा अघि सारेका हुन् ।
माओवादी केन्द्रबाट निर्वाचित गृहमन्त्री रामबहादुर थापा बादलले दल त्याग गरेपछि रिक्त भएको राष्ट्रियसभा सदस्य पदका लागि आगामी जेठ ६ गते उपनिर्वाचन हुँदैछ ।
संघीयता र योजनाविज्ञ देवकोटा एमाले निकट नेता हुन् । बागमती प्रदेशको योजना आयोगको उपाध्यक्ष भइसकेका उनी पछिल्लो समय माधवकुमार नेपाल समूह निकट छन् । उनले माओवादी केन्द्रको चुनाव चिन्हबाट उपनिर्वाचन लड्ने छन् ।




प्रतिक्रिया