काठमाण्डु- भारतमा भइरहेको खो–खो विश्वकपमा नेपालको पुरुष तथा महिला टोलीले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा पुगेका छन् ।
सेमिफाइनलमा पुरुष टोलीले शनिवार इरानसँग खेल्दैछ ।
यो खेल बेलुका ६ बजे हुनेछ । शुक्रवार भएका खेलमा पुरुष टोलीले बंगलादेशलाई ६७–१८ ले हराएर अन्तिम चरणमा पुगेको हो । महिला टोलीले पनि सेमिफाइनलमा शनिवार युगान्डासँग खेल्दैछ ।
यो खेल इन्दिरा गान्धी अन्तर्राष्ट्रिय रङ्गशालामा बेलुका पौने ५ बजे हुनेछ । इरानलाई हराउँदै नेपाली टोली सेमिफाइनलमा पुगेको हो । महिला र पुरुष दुवैतर्फका फाइनल खेल आइतवार हुनेछन् ।




प्रतिक्रिया