ललितपुरको खोकनामा स्थानीयबासी र प्रहरीबीच झडप

ललितपुरको खोकनामा स्थानीयबासी र प्रहरीबीच झडप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुरस्थित खोकनाका स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । आफ्नो खेत रोपाई गर्न गएका स्थानीयबासीलाई प्रहरीले अवरोध गरेपछि किसान र प्रहरीबीच झडप भएको हो । स्थानीयले ढुंगामुढा गर्दा केही प्रहरी घाइते समेत भएका छन् ।

भिडलाई तितरवितर बनाउन प्रहरीले अश्रुग्यास हानेको छ । काठमाडौं-तराई द्रुतमार्ग,फाष्ट ट्याक पर्ने जमिनमा खोकनाका किसानले खेत रोप्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो।

किसानहरूले आफ्नो जग्गाको मुआब्जा नपाएकोले खनजोत गर्न पाउनुपर्ने बताएका छन्।  स्थानीय किसानले संयुक्त रूपमा खेत रोपाइँका कार्यक्रम गरेपछि शनिबार बिहानैदेखि नेपाल प्रहरी र शशस्त्र प्रहरी परिचालन गरिएको थियो।