खोलाले बगाउँदा दुईजनाको मृत्यु

खोलाले बगाउँदा दुईजनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट-रुकुम पश्चिममा खोलाले बगाउँदा दुईजनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–६ र ७ को सिमानामा रहेको रम्माखोलाले बगाउँदा मोटरसाइकलमा सवार एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार मुसिकोट नगरपालिका–४ का ५० वर्षीय सर्जन पुन र वडा नम्बर ६ की अन्दाजी ३२ वर्षीया निर्मला केसी थापाको मृत्यु भएको हो ।

रा ६ प २९६१ नम्बरको मोटरसाइकलमा साँखबाट कानेबाङतर्फ जाँदै गर्दा हिजो बेलुका उनीहरूलाई खोलाले बगाएको जानकारी प्रहरीले आज पाएको हो ।

खोलाभन्दा करिब तीन सय मिटर तल महिला र करिब २० मिटर तल पुरुषको शव फेला परेको छ । पुरुषको शव मोटरसाइकलले च्यापिएको र महिलाको शवको केही भाग पुरिएको अवस्थामा फेला परेको हो ।