नेपालमा टाइफाइडविरुद्ध नयाँ खोपको क्लिनिकल ट्रायल सफल

नेपालमा टाइफाइडविरुद्ध नयाँ खोपको क्लिनिकल ट्रायल सफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालमा टाइफाइडविरुद्ध नयाँ खोप ‘भीआइडिटी कन्जुगेट भ्याक्सिन’को क्लिनिकल ट्रायल सफल भएको छ । टाइफाइड किटाणुको भीआइ पोलिसेकराइड अणु र डिप्थेरिया टक्साइड अणुको संयोजन गरेर बनाइएको संयोजित खोप नै भीआइडीटी कन्जुगेट खोप हो ।

कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्ज मेडिकल कलेजमा तेस्रो चरणको ट्रायल गरिएको थियो ।

दक्षिण कोरियाली कम्पनी इन्टरनेननल भ्याक्सिन इन्स्टिच्युटले यो खोप बनाएको हो । क्लिनिकल ट्रायलबाट उक्त खोप एक मात्रा दिएपछि सुरक्षित रहेको पाइएको विज्ञहरुले जनाइएको छ ।

बालरोग विशेषज्ञ गणेश राई प्रमुख अनुसन्धानकर्ता रहेको सो ट्रायलमा धुलिखेल अस्पतालका दिपेश ताम्राकार, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी बाल रोग विशेषज्ञ शिप्रा चौधरी, कान्ति बाल अस्पतालका विष्णुरथ गिरी, नेपालगञ्ज मेडिकल कलेजका पियुष कनोडिया, धुलिखेल अस्पतालका राजिव श्रेष्ठ टोलीमा सहभागी थिए ।