काठमाण्डु – नेपालमा हालसम्म कोरोना भाइरसविरुद्धको २५ लाख डोज खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको र नेपालमा २५ लाख जनसंख्याले कोरोनाविरुद्धको खोप पाएका मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए ।
यस्तै अस्पताल तथा प्रयोगशालालाई आवश्यक स्वास्थ्य सामाग्री तीन महिनालाई पुग्ने मौज्दात रहेको सह–प्रवक्ता अधिकारीले बताए ।




प्रतिक्रिया