नयाँ सरकारप्रति जनतामा नयाँ आशाको सञ्चार भएको छ: नेता खनाल

नयाँ सरकारप्रति जनतामा नयाँ आशाको सञ्चार भएको छ: नेता खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा नयाँ वाम–लोकतान्त्रिक गठबन्धनको सरकारप्रति जनतामा नयाँ आशाको सञ्चार भएको  बताएका छन् ।

पार्टी निकट अखिल नेपाल महिला सङ्घद्वारा आज आयोजित कार्यक्रममा उनले राष्ट्र निर्माणमा बहुसङ्ख्यक जनता कम्युनिष्ट नेतृत्वको पक्षमा रहेको अवस्थामा वाम–लोकतान्त्रिक शक्तिहरूको नयाँ सरकार बनेको बताएका हुन् ।

समकालीन राजनीतिक परिस्थितिमा वामपन्थी धु्रवीकरणको सम्भावना बढेको बताउँदै नेता खनालले जनचाहना र मुलुकको आवश्यकतालाई प्रतिविम्बित गर्न आफ्नो पार्टी पनि सरकारमा सहभागी भएको स्पष्ट पारे।

नयाँ सरकार बनेपछि मुलुकका वामपन्थी, देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिसमेत यो सरकारप्रति सकारात्मक देखिएको उहाँको भनाइ थियो । वाम शक्तिको एकता गर्नुपर्नेमा जोड दिँदै उनले भने, “एक वर्षअघि बनेको गठबन्धनको सरकार टुटेको छ, वामपन्थी शक्तिहरूको पहल र नेतृत्वमा  गठित सरकारलाई पार्टीको तर्फबाट स्वागत र समर्थन गर्दछु ।”