मोडल खुश्बु ओलीलाई ३ महिना कैद सजाय

मोडल खुश्बु ओलीलाई ३ महिना कैद सजाय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ— जिल्ला अदालत काठमाडौंले मोडल खुश्बु ओलीलाई चेक अनादर (बाउन्स) मुद्दामा दोषी ठहर गर्दै तीन महिना कैद फैसला सुनाएको छ।

जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको मंगलबारको इजलासले ओलीलाई दोषी ठहर गर्दै तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवाना सुनाएको हो। त्यस्त्ै, ३६ लाख चेक काटेदेखिको साँवा र ब्याजसमेत तिर्नुपर्ने जिल्ला अदालतको ठहर छ।

ओलीले ३ जनवरी २०१७ मा काटेको ३६ लाख रुपैयाँको कुमारी बैंकको चेक बाउन्स भएपछि सप्तरीका गोपाल कटुवालले मुद्दा दायर गरेका थिए ।

खुश्बु सन् २००० मा काठमाडौं जेसिसले गरेको प्रतियोगितामा ‘लिटिल लेडी’को च्याम्पियन भएकी थिइन् । त्यसपछि सन् २००६ मा उनले मिस टिनको ताज पहिरिन्।