काठमाण्डु – विराटनगरमा एक इँटा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । उच्च अदालत विराटनगरको गेट अगाडि काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि उनकै पार्टनर विराटनगर-६ का २५ वर्षीय विमल कार्कीले खुकुरी प्रहार गरेका हुन् ।
आइतबार दिउँसो सावा १ बजेतिर कार्कीले लामालाई खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते लामाको विराटनगर अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार खुकुरी प्रहार गर्ने कार्कीलाई पक्राउ गरिएको छ । पार्टनरसिपको विवाद चर्किँदै गएपछि कार्कीले लामामाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया