खुलामञ्चामा अतिक्रमण गरी बनाइएका सटरमा महानगरको डोजर

खुलामञ्चामा अतिक्रमण गरी बनाइएका सटरमा महानगरको डोजर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अवैधानिक तवरबाट निमार्ण गरिएका सटर भत्काउन डोजर चलाइएको छ। चौतर्फी विरोधपछि महानगरपालिकाले शनिबार सटर भत्काउन डोजर चलाएको हो।

महानगरपालिका र मनोजकुमार भेटवालको कम्पनी स्वच्छन्द बिकोई बिल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको कुरा बाहिरएपछि सरोकारवालाले दबाब दिएका थिए। संरक्षण अभियन्ताहरूले बिहीबार राजधानीमा विरोध प्रदर्शन पनि गरेका थिए।

 

महानगरपालिकाका प्रवक्ता इश्‍वमार डंगोलकाअनुसार स्वच्छन्द विल्डर्सले सम्झौताभन्दा बाहिर गएर सटर निर्माण गरेको थियो। जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सटरहरू भत्काइएको हो। महानगरपालिका र ठेकेदार कम्पनी स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको पाइएको थियो।

यसको चौतर्फी विरोधपछि महानगरपालिका त्यहाँ रहेका सटरहरु भत्काउने भएको हो। खुलामञ्चभित्र करिब ४० वटा सटरहरु खडा गरेर पसल सञ्चालन हुँदै आएको छ।