काठमाण्डु महानगरले खुलामञ्चभित्र चलायो डोजर

काठमाण्डु महानगरले खुलामञ्चभित्र चलायो डोजर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले खुलामञ्चभित्र बनाइएका संरचना हटाउन थालेको छ ।

खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कूलको भवन पुनर्निर्माण गर्न निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारहरु अस्थायी रुपमा बस्दै आएका थिए ।

ती दुवै संरचना निर्माण सम्पन्न भएपनि निर्माणकर्ताले निर्माण सामग्री र कामदार हटाएको थिएन । काठमाण्डु महानगरले खुलामञ्चभित्र भएको अतिक्रमण रोक्न नसकेको आरोप खेप्दै आएको थियो ।

आज (बुधबार) बिहानबाट महानगरले डोजर लगाएर त्यस भित्र रहेका घर टहरा साथै सबै संरचना भत्काउन थालेको हो ।

भत्काउने टोलीको संयोजन गरिरहेका काठमाण्डु महानगरका नगर प्रहरी नायब उपरीक्षक दिनेश अर्यालले ३ दिनभित्र खुलामञ्च खाली गरिने बताए ।