खुमलटारमा निकटस्थ नेतासँग प्रचण्डको छलफल, दिए यस्तो निर्देशन


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु निकट स्थायी समिति सदस्यलाई आइतबार खुमलटार निवास बोलाएर पार्टीले प्रकाशित गर्ने राजनीतिक प्रतिवेदनबारे छलफल गरेका छन् ।

नेकपाको शनिबार बसेको सचिवालय बैठकले राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने निर्णय गरेपछि प्रचण्डले छलफल बोलाएका हुन् ।

प्रचण्ड निवास पुगेका नेकपा नेता अग्नी सापकोटाले शनिबार भएको सचिवालय बैठकको ब्रिफिङ र राजनीतिक प्रतिवेदन छाप्नेबारे अध्यक्षले जानकारी दिएको बताए ।

पूर्व माओवादी र एमाले एकिकरणका बेला राजनीतिक प्रतिवेदनमा ‘जनताको जनवाद’ हुने सहमती भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement