खुमलटारबाट झलनाथलाई देउवाको फोन : सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

खुमलटारबाट झलनाथलाई देउवाको फोन : सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारबाट टेलिफोन गरि नेता खनालको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने जानकारी गराएका हुन् ।

मृगौला सम्बन्धी समस्या देखिएपछि नेता खनाल केहि समयदेखि दिल्लीको एपोलो अस्पतालमा उपचाररत छन् । प्रधानमन्त्री देउवाले प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे समेत जानकारी लिएका छन् ।