खुमलटारमा माधव नेपालको प्रवेश, ओली र गौतम बाहिरिए

खुमलटारमा माधव नेपालको प्रवेश, ओली र गौतम बाहिरिए


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका प्रधानमन्त्री केपी शर्मा ओली त्यहाबाट बाहिरिएका छन् ।

पार्टी भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला शनिबार बिहान प्रचण्ड निवास पुगेका प्रधानमन्त्री ओली करिब साढे एक घण्टाको भेटवार्तापछि प्रचण्ड निवासबाट फर्किएका हुन् ।

सो समयमा प्रधामन्त्री ओलीले झण्डै ४५ मिनेट प्रचण्डसँग एक्लै र त्यसपछि नेकपाका उपाध्यक्ष वामदेव गौतमसहित थप आधा घण्टा संयुक्त छलफल गरेका थिए ।

वरिष्ठ नेता नेपाल पुगेलगत्तै प्रधानमन्त्री ओली बारिएका थिए भने त्यसको कही समयमै उपाध्यक्ष गौतम पनि बाहिरिएका थिए । अहिले खुमलटारमा कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच छलफल भइरहेको छ ।

पार्टीमा आन्तरिक विवाद चर्किरहेका बेला प्रधानमन्त्री ओली लगायत एकपछि अर्को गरी नेताहरु प्रचण्डलाई भेट्न खुमलटार जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।