प्रकाश दाहालको श्रद्धाञ्जली सभामा गीत गाउँदागाउँदै ढलेका जनवादी गायक खुशीराम पाख्रिन रहेनन्

प्रकाश दाहालको श्रद्धाञ्जली सभामा गीत गाउँदागाउँदै ढलेका जनवादी गायक खुशीराम पाख्रिन रहेनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन– नेकपा माओवादी केन्द्रका युवा नेता स्वः प्रकाश दाहालको श्रद्धाञ्जली सभामा गीत गाउँदागाउँदै ढलेका जनवादी गायक खुशीराम पाख्रिनको निधन भएको छ।

 

 

मंगलबार चितवनमा वाम गठबन्धनले आयोजना गरेको श्रद्धाञ्जली सभामा गीत गाउँदै गर्दा हृदयघात भएर ढलेका पाख्रिनको निधन भएको हो।

 

 

हृदयघात भएपछि उनलाई उपचारका लागि तत्काल नारायणी सामुदायिक अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा निधन भएको हो। 

 

 

 

पूर्वसांसद समेत रहेका पाख्रिनले सभा सुरु हुनु अघि दुई वटा गीत समेत गाएका थिए।

 

 

उनको जन्म २००९ सालमा गोरखाको खरिवोटमा भएको थियो। पाख्रिनका

 

श्रीमति, २ छोरा र २ छोरी छन्।