मृगौला फेल हुनु अघि देखिन्छन् यस्ता ६ संकेत

मृगौला फेल हुनु अघि देखिन्छन् यस्ता ६ संकेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मानव शरीरमा मृगौला एउटा अत्यन्तै महत्वपूर्ण अंग हो। यसले रगत सफा गर्ने, शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्ने, आवश्यक खनिज सन्तुलन गर्ने र रक्तचाप नियन्त्रण गर्ने काम गर्छ।

जब मृगौला कमजोर बन्छ वा ठीकसँग काम गर्दैन, शरीरले विभिन्न संकेतहरू दिन थाल्छ। तर दुर्भाग्यवश, धेरै मानिसहरूले यी प्रारम्भिक लक्षणलाई सामान्य मानेर बेवास्ता गर्ने गर्छन्।

मृगौला रोग प्रायः बिस्तारै विकसित हुन्छ र सुरुवाती लक्षणहरू हल्का देखिन्छन्। त्यसैले यसलाई समयमै नचिन्ने हो भने अन्ततः मृगौला फेलजस्ता गम्भीर समस्या निम्त्याउन सक्छ।

यदि तल उल्लेख गरिएका ६ मध्ये कुनै लक्षण लामो समयसम्म देखापरे भने, यसलाई सामान्य ठानेर पन्छिनु हुँदैन।

१.थकान र कमजोरी महसुस

मिर्गौलाले रगत सफा गर्न नसक्दा शरीरमा विषाक्त पदार्थ जम्मा हुन्छ। यसले गर्दा सधैं थकित, अशक्त र उर्जाहीन महसुस हुन्छ।

२.पिसाबमा समस्या

बारम्बार पिसाब लाग्नु, पिसाब गर्दा जलन हुनु, रंग गाढा वा फेनयुक्त देखिनु, रगत देखिनु— यी सबै गम्भीर लक्षण हुन सक्छन्।

३. अनुहार, आँखा वा खुट्टा सुन्निने

मिर्गौलाले अतिरिक्त पानी बाहिर निकाल्न नसक्दा अनुहार, आँखा मुनि वा खुट्टा सुन्निन्छ। बिहानपख यो लक्षण अझ प्रस्ट देखिन्छ।

४. भोक नलाग्ने

रगतमा फोहोर पदार्थ बढ्दा पाचन प्रणालीमा असर गर्छ। यसले भोक घटाउने, वाकवाकी हुने वा बान्ता हुने समस्या ल्याउन सक्छ।

५. छाला चिलाउने र सुख्खा हुनु

खनिज र पोषक तत्त्वको असन्तुलनले छालामा असर गर्छ। लगातार चिलाउने, सुख्खा हुने वा रातो दाग देखिनु पनि संकेत हुन सक्छ।

६. सास फेर्न गाह्रो हुनु

मृगौला फेल हुँदा शरीरमा पानी जम्मा भई फोक्सोमा दबाब पर्न सक्छ। साथै रगतमा अक्सिजन कम हुँदा सास फेर्न गाह्रो हुन्छ।

मृगौला स्वस्थ राख्ने तरिका

–प्रशस्त पानी पिउनु

–बढी नुन र प्याकेज्ड खाना नगर्नु

–रक्तचाप र मधुमेह नियन्त्रणमा राख्नु

–चिकित्सकको सल्लाह बिना पेनकिलर वा अन्य औषधि नखानु

–मृगौलाको हेरचाह समयमै गर्न सकेमा गम्भीर रोगबाट जोगिन सकिन्छ।