प्रधानमन्त्रीलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौला अस्पताल भर्ना

प्रधानमन्त्रीलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौला अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्न उनकी भान्जी समीक्षा संग्रौला त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् । प्रधानमन्त्री ओलीसँगै उनी पनि सोमबारै अस्पताल भर्ना भएकी हुन् ।

बालुवाटार निकट स्रोतका अनुसार भान्जी नाता पर्ने उनै समीक्षाको दायाँ मिर्गौला प्रधानमन्त्री ओलाीलाई प्रत्यारोपण गर्ने तयारी छ।  प्रत्यारोपण अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन प्राडा प्रेम ज्ञवालीको नेतृत्वको टोलीले गर्ने बताइएको छ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका क्रममा आवश्यक सहयोगका लागि भारतबाट पनि दुई सदस्यीय टोली काठमाडौं आइसकेका छन्।