उत्तर कोरियाले आफ्ना नागरिकलाई भन्योः मदिरा सेवन नगर्नू, लसुन खानु !

उत्तर कोरियाले आफ्ना नागरिकलाई भन्योः मदिरा सेवन नगर्नू, लसुन खानु !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको कुनै प्रकोप नदेखिएको दाबी गरिरहेको छ । यद्यपि, उत्तर कोरियाली सरकारले सीमित रूपमा अनेकौं नियमहरू पनि बनाएको छ ।

उत्तर कोरियाले आफ्ना नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन कयौं निर्देशनहरू पनि दिएको छ । सरकारले चिकित्सकको सल्लाह बिना कुनै पनि औषधि नखान आदेश दिएको छ ।

त्यहाँको सरकारले रोग प्रतिरोधात्मक क्षमता घट्ने भन्दै नागरिकलाई मदिरा सेवन नगर्न पनि भनेको छ । उत्तर कोरियाले आफ्ना नागरिकलाई रोग प्रतिरोधी क्षमता बढाउने भन्दै पारम्परिक रीतिरिवाज पालना गर्न निर्देशन दिएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार सरकारले नागरिकलाई लसुन, प्याज र मह खान–पानमा बढीभन्दा बडी समावेश गर्न भनेको छ । यसका साथै उत्तर कोरियाले मास्कको प्रयोग गर्न पनि सल्लाह दिएको छ ।