उत्तर कोरियाका नेता किम महासचिवमा निर्वाचित, चिनियाँ राष्ट्रपतिको बधाई


एजेन्सी – उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन सत्तारुढ दल वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएका छन् ।

पार्टीको आठौँ अधिवेशनले उनलाई महासचिवमा निर्वाचित गरेको राज्यद्वारा सञ्चालित कोरियाली समाचार संस्थाले सोमबार जनाएको छ ।

पार्टीको महासचिवका रुपमा उनीभन्दा अगाडि उनको बुबा र त्योभन्दा अगाडि हजुरबुवाले नेतृत्व प्रदान गर्दै आएका थिए ।

पार्टीको महाधिवेशन र बैठकले किमलाई महासचिव बनाउने विषयमा सर्वसम्मत निर्णय गरेको समाचारमा जनाइएको छ ।

उत्तर कोरियाको सर्वोच्च नेता उत्तर कोरियाली सेनाको सर्वोच्च कमाण्डरसमेत रहने व्यवस्था छ । त्यसबाहेक उनी राज्यका अरु पनि धेरै प्रमुख जिम्मेवारीमा रहेका छन् ।

उनले केही समयपछि पार्टीको अर्को शक्तिशाली जिम्मेवारी आफ्नै बहिनीलाई दिएका थिए । उत्तर कोरियामा उनको परिवारको दबदबा रहेको छ ।

उत्तर कोरियाको वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएकोमा किमलाई चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिन फिङले बधाई ज्ञापान गरेका छन् ।

उनले सोमबार किमलाई बधाई सन्देश पठाउँदै आगामी कार्यकाल थप प्रभावकारी बनाउन शुभकामना पनि दिए । उनले महासचिवका रुपमा किमसँगको सहकार्य पनि राम्रो हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement