किमले गरे परमाणु तथा सैन्य क्षमता बिस्तारको घोषणा


एजेन्सी – उत्तर कोरियाका नेता किम जोङ्ग–उनले शक्तिशाली परमाणु हतियार बनाउने तथा सैन्य क्षमता बिस्तारको घोषणा गरेका छन् ।

किमले आफ्नो जन्मदिनमा थप परिष्कृत लामो दूरीमा मार हान्न सक्ने मिसाइल, सुपर लार्ज वारहेड्स, गुप्तचर स्याटेलाइट तथा परमाणु शक्तियुक्त सबमरिनसहितका हतियार बनाउने घोषणा गरेका हुन् ।

अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले शपथ लिने तयारी गरेका बेला उत्तर कोरियाको यस्तो घोषणा आउनुलाई थप अर्थपूर्ण रुपमा लिइएको छ । पछिल्लो पाँच वर्ष यताकै ठूलो राजनीतिक कार्यक्रममा सैन्य योजना सार्वजनिक गरिएको हो ।

उत्तर कोरियाले गरेको नयाँ घोषणा चेतावनी युक्त रहेको विश्लेषण गरिएको छ । उनी केही दिन अघि मात्रै पार्टीको महासचिवमा बढुवा भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement