ट्रम्प र किम भेट्ने पक्का

ट्रम्प र किम भेट्ने पक्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीच भेटवार्ता हुने भएको छ ।

ट्रम्प र किमबिच आइतबार दक्षिण र उत्तर कोरियाको सीमा क्षेत्रमा रहेको डिएमजेडमा भेटवार्ता हुने भएको बीबीसीले जनाएको छ ।

जी–ट्वेन्टी सम्मेलन सकेर अमेरिकी राष्ट्रपति ट्रम्प जापानबाट दक्षिण कोरिया गएका हुन् । जापानमै रहेका बेला ट्रम्पले किमसँग भेटका लागि ट्वीटमार्फत आह्वान गरेका गरेका थिए ।

यो भेट ट्रम्प र किमबीचको तेस्रो भेट हुनेछ । यसअघि सिङ्गापुर र भियतनाममा भएका ट्रम्प किम वार्ताबाट उत्तर कोरियाको परमाणु महत्वाकांक्षा शान्त पार्न सकेको छैन ।

ट्रम्प किमबीचको तेस्रो भेटमा पनि शान्तिका लागि प्रयास हुने बताइएको छ ।