किम जोङ उनले गरे बहिनीसँग ‘पावर सेयरिङ’

किम जोङ उनले गरे बहिनीसँग ‘पावर सेयरिङ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – उत्तर कोरियाका नेता किम जोङ उनले पावर सेयरिङ गरेका छन् । नेता उनले आफ्नी बहिनीलाई आफ्नो अधिकारको केही हिस्सा उनकी कान्छी बहिनी किम यो जोङगलाई दिएका हुन् ।

बहिनीले अब उनको ‘डे–फेक्टो सेकेन्ड–इन–कमाण्ड’ को रूपमा सेवा गर्नेछिन् । यद्यपि उनलाई उत्तराधिकारी नियुक्त गरिएको छैन ।

‘वर्कर्स पार्टी केन्द्रीय समितिका प्रथम उपाध्यक्ष निर्देशक किम यो जोङगले प्रतिनिधिमण्डलको आधारमा समग्र राज्य मामिलाहरूको नेतृत्व गरिरहेका छन्’ योनाप समाचार एजेन्सीले भनेको छ ।

नेता उनले आफ्नो शासनकालमा तनाव कम गर्नका लागि क्ति बाँडफाँड गरेको गुप्तचर एजेन्सीले नजनाएको छ ।

‘अध्यक्ष किम जोङग उनको अझै पनि आफ्नो पूर्ण अधिकार कायम छ, तर यो केहि एक सानो हिस्सा बहिनीमा हस्तान्तरण गरिएको हो’, स्रोतले भन्यो ।

त्यस्तै उनले सत्तारुढ मजदुर पार्टीको अधिवेशन आह्वान गरेका छन् । पार्टीका सर्वोच्च नेता उनले पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा अधिवेशनको आह्वान गरेको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ ।

मुलुकका ‘नीतिगत’ कमजोरीलाई सम्बोधन गर्न र संयुक्त राष्ट्रसंघको नाकाबन्दीका कारण ‘रूग्ण’ बनेको अर्थव्यवस्थाको सुधारका लागि नयाँ पञ्चवर्षीय योजना बनाउन अधिवेशन बोलाइएको उल्लेख गरिएको छ ।

प्योंङयाङ स्रोतका अनुसार केन्द्रीय समितिको बैठकले ‘राष्ट्रिय अर्थतन्त्रको सुधारका लागि गम्भीर ढिलाइ भएको’ निष्कर्ष निकाल्नुका साथै उत्तर कोरियाली जनताको जीवनस्तरमा ‘उल्लेखनीय’ सुधार नभएको ठहर गरेको छ ।

बैठकमा किमले कोरियाली प्रायद्वीप वरपरको क्षेत्रमा विभिन्न बिषयमा अप्रत्याशित र अपरिहार्य चुनौतीहरु रहेका बताएको केसीएनएले उल्लेख गरेको छ ।