नवनियुक्त डेपुटी गभर्नर पण्डितद्वारा शपथ ग्रहणसँगै पदबहाली

नवनियुक्त डेपुटी गभर्नर पण्डितद्वारा शपथ ग्रहणसँगै पदबहाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले मंगलबार शपथ ग्रहण गरेलगत्तै पदबहाली गरेका छन् ।

मंगलबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै पण्डितले पदबहाली गरेका हुन् ।

पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत २४ गतेको थियो । शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले पण्डितलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।

डेपुटी गभर्नर पण्डितले २०६२ माघ २ गते सहायक निर्देशकबाट बैंक सेवा यात्रा सुरु गरेका थिए । त्यसपछि उनी २०६८ सालमा उपनिर्देशक, २०७४ सालमा निर्देशक, र २०८१ फागुन १ गते कार्यकारी निर्देशकमा पदोन्नत भएका थिए ।

कार्यकारी निर्देशक रहँदा उनले भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्वका साथै बैंकको प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए ।