प्रवक्ता राईले दिए राजीनामा

प्रवक्ता राईले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले पदबाट राजीनामा दिएका छन् । सोमबार उनले अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा पत्र बुझाएका हुन् ।

प्रवक्ता राईले आजै अपरान्ह ३ बजे एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै छन् । उनले शनिबार राति फेसबुकमा स्टेटस लेख्दै पदबाट राजीनामा दिने संकेत गरेका थिए ।

उनले लेखेका छन्, ‘म मर्छु होला बरु, तर फुटबल खेलको राष्ट्रिय तथा अन्तररास्ट्रिय मान्यता र सिद्वान्तविरुद्ध पाइला चाल्न सक्दिनँ । नेपाली गरीब भएको प्रचार गरेर सहयोग प्राप्त भयो भन्दैमा सबै मान्यता र स्वाभिमान नै झुक्ने गरि सम्झौता गर्न मिल्ला र?’