कांग्रेस सांसदले पाए मन्त्री किराती १८ करोड कमिसनको खेलमा लागेको सूचना!

कांग्रेस सांसदले पाए मन्त्री किराती १८ करोड कमिसनको खेलमा लागेको सूचना!

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल कांग्रेसले पर्यटनमन्त्री सुदन किराती कमिसन र स्टन्टबाजीमा लिप्त रहेको बताएका छन् । आइतवार बसेको प्रतिनिधिसभा बैठकमा

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मन्त्री किराती झण्डै १८ करोड कमिसन खाने खेलमा लागिरहेको आरोप लागएका हुन् । किरातीका कारण नेपाल वायु सेवा निगम झन् समस्यामा परेको उनको भनाइ छ ।

‘अब नेपाल एयरलाइन्सलाई कहाँ पुर्‍याउने हो ? कुन अवस्थामा पुर्‍याउने हो ? यो बारेमा सोच्नुपर्ने बेला भइसकेको छ । थ्री हन्ड्रेड जी भन्ने प्लेन ल्याइँदैछ जुन अहिले उत्पादनमा छैन । त्यो ल्याएर झण्डै १८ करोड कमिसन खाने खेलमा लागेको सूचना प्राप्त भएका छन् ।’, उनले भने ।

नेपाल एयरलाइन्स अहिले ४८ अर्ब रुपैयाँ घाटामा रहेको र चार वर्षदेखि ब्याज पनि तिर्न नसकेको उनले बताएका छन् । ‘मन्त्रीज्यू एउटा झाडु र क्यामेरा लिएर मन्त्रालय प्रवेश गरेर फोटो खिचेर बाहिर ल्याउने पद्धतिको विकास भएको छ । यसरी मुलुक कहाँ जाने हो ?’ सांसद खतिवडाले पर्यटनमन्त्री किरातीलाई प्रश्न गर्दै भने । यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मन्त्री किरातीले राजीनामा दिनुपर्ने माग गरेको छ ।