किर्ते गरेको आरोपमा पूर्व उपरथी बस्नेतमाथि अख्तियारले सुरु गर्यो छानविन

किर्ते गरेको आरोपमा पूर्व उपरथी बस्नेतमाथि अख्तियारले सुरु गर्यो छानविन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेनाका भूतपूर्व उपरथी विनोज बस्नेतमाथि नागरिकता किर्ते आरोप मा छानविन शुरु गरेको छ ।

बस्नेतबिरुद्ध २०७२ फागुन २३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी  दर्ता भएको थियो । अख्तियारका एक अधिकृतले दिएको जानकारी अनुसार उनीमाथि नागरिकता किर्ते गरेको विषयमा छानविन सुरु भएको छ ।

उनीमाथि नेपाली सेनामा २०३६ सालमा सिपाहीमा भर्ना हुँदा १८ बर्षको उमेर भएको उल्लेख गरिएको थियो । अधिकृत तहमा बढुवा हुने क्रममा २०३८ सालमा पनि उनको उमेर १८ बर्ष भनेर उल्लेख गरेको उनीमाथि आरोप लगाइएको छ ।

आयोग स्रोतका अनुसार बस्नेतले जाली सर्टिफिकेट पेश गरेर आईएनै पास नगरी अधिकृत क्याडेटमा फारम भरेका थिए ।

उजुरीमा राजदरबारमा एडिसी बसेर सबै किर्ते काम कार्बाही लुकाउन सफल भएता पनि २०७२ सालमा केपी ओली प्रधानमन्त्री हुँदा उनको किर्ते प्रकरण बाहिरिएको भनिएको छ ।

बस्नेतले पेश गरेको फरक–फरक जन्म मिति, नागरिकता र सर्टिफिकेटबारे छानविन शुरु भएको स्रोतले दावी गरेको छ ।