जनकपुरधाम – धनुषाको मिथिला नगरपालिका–८, जमुनीबासका धरमेश्वर महतोले घर छेउकै खेतमा दस कट्ठामा गोलभेँडा बाली लगाउनुभएको छ । यो फल्दा विगतका झैँ यस वर्ष पनि एक सिजनमा दुई लाख ५० हजारसम्म बचत हुने उहाँले अनुमान थियो । पहिलो लटमा एकै दिन करिब एक क्विन्टल गोलभेँडा टिप्दा राम्रो बजारसँगै उचित मूल्य पाउनुभयो तर त्यसपछिका दिन भने उहाँका लागि अभिशाप नै बने ।
सरकारले चैत्त ११ देखि लकडाउन घोषणा ग¥यो । समग्र देश नै ठप्प भयो । स्थानीय जनप्रतिनिधिको सहयोगमा दोस्रो र तेस्रो लटमा टिपिएको गोलभेँडा जसोतसो सिन्धुली बजारसम्म पु¥याइयो तर मूल्य भने त्यसअघि उहाँले पाउनुभएको ३५ रुपियाँभन्दा निकै तल झरिसकेको थियो । धरमेश्वर भन्नुहुन्छ, “२० रुपियाँ प्रतिकेजीको दरमा व्यापारीलाई बिक्री गरी सिन्धुली पु¥याएँ । ”
उत्पादन बढ्दा मूल्य कम हुने व्यवसायको स्वाभाविक सिद्धान्त नै हो तर सिजनको सुरुवात र अन्त्यमा भने किसानसँगै व्यापारीले पनि सामान्यभन्दा बढी मूल्य पाउँछन् । मिथिला नगरपालिका–८ का वडाअध्यक्ष देवनारायण महतोले लकडाउनको सुरुवातमा व्यापारीले घरमै आएर तरकारी खरिद गर्ने वातावरण मिलाएको बताउनुहुन्छ तर पछिका दिनमा भने तरकारी बेचेर रित्तो फर्किने व्यापारी प्रहरीको निशानामा परेपछि तरकारीको बजार प्रवद्र्धनमा समस्या आयो । जमुनीबासकै प्रदीप महतो भन्नुहुन्छ, “गोलभेँडा खेतमै कुहिन लाग्दा पाँच रुपियाँ प्रतिकिलोमै लग्न व्यापारीलाई खबर ग¥यौँ । ” उहाँले एक कट्ठा क्षेत्रफलमा गोलभेँडा खेती गर्नुभएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया